२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

कप्तान लाथमको उत्कृष्ट ब्याटिङ प्रेरित न्युजिल्यान्डको सुखद् सुरुआत


२५ पुस, काठमाडौं । कप्तान तथा ओपनर टम लाथमको शतकप्रेरित न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सुखद् सुरुआत गरेको छ ।

क्राइष्टचर्चमा टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्डले आइतबार पहिलो दिनको समाप्तिमा एक विकेट गुमाउँदै ३४९ रन बनाएको हो ।

२८ चौका हिर्काएका लाथमले अविजित १८६ बनाए । डेभोन कनवे ९९ रनमा अविजित छन् । यस्तै विल योङले अर्धसकीय इनिङ खेल्दै ५४ रनमा आउट भए ।

लाथम र कनवेले दोस्रो विकेटका लागि अविजित दुई सय एक रनको साझेदारी गरिसकेका छन् । बंगलादेशका सोरिफुल इस्लामले एक विकेट लिए । पहिलो टेस्टमा बंगलादेशले न्युजिल्यान्डविरुद्ध आठ विकेटको जित हात पारेको थियो ।

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १५:०४