२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

गाउँ सडक सञ्जालमा जोडिएपछि स्थानीय हर्षित, चालक र यात्रुलाई फूलमाला लगाएर स्वागत

२३ पुस, हुम्ला । हुम्लाको दक्षिण भेग सर्केगाड गाउँपालिकाको गोठी र कुती गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीय हर्षित भएका छन् । आफ्नै आँगनमै सडक निर्माण भएर गाडी गुडेपछि स्थानीयले विकासको अनुभूति गरेको स्थानीय कालीबहादुर छत्यालले बताए ।

सर्केगार्ड गाउँपालिका–५ को गोठीगाउँमा पहिलोपटक सामान र यात्रु बोकेको गाडी पुगेपछि स्थानीयले गाडी चालक र यात्रुलाई फूलमाला, खादा र अबिर लगाएर स्वागत गरेका छत्याले बताए ।

सडक निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकामा निकै घम्साघम्सी परेको स्मरण गदै पहिलो वर्ष सडक निर्माण थालनी गर्दा कसैले नपत्याएता पनि आफ्नो एक्लो प्रयासल दुई वर्ष लगातार निर्माण गरेर गाउँमा सडक पुगेको वडाका अध्यक्ष कर्णजङ्ग शाहीले बताए ।

एक करोड ६४ लाखमा पाँच किलोमिटर सडक निर्माण भएर दुई वटा गाउँमा सडक पुगेको वडाका अध्यक्ष कर्णजङ्ग शाहीले बताए । दुवै गाउँ सडक सञ्जालमा जोडिए पनि गोठी–५ क भुवा कल्लास गाउँसम्म जोड्न बाँकी रहेको शाहीले जानकारी दिए ।

प्रकाशित मिति : January 7, 2022 at 1:28 pm