११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

न्यायपालिकाको विकृति हटाउन उठाएको आवाजलाई सवैबाट समर्थन छः अधिवक्ता पौडेल


२२ पुस, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शनलाई जारी राखेका छन् ।

सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् । प्रधानन्यायधिशका कारण न्यायलय नै भ्रष्ट भएको भन्दै उनीहरुले राजीनामाको माग गदै निरन्तर आन्दोलन गरिरहेका छन् ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले न्यायलयको सुधारको लागि आफुहरुको आन्दोलन भएको भन्दै प्रधानन्यायधिशको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए । न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले उठाएको आवाजलाई सवैबाट समर्थन प्राप्त भएको उनले दावी गरे ।

उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने धारणा राखे । उनले झनै सशक्त आन्दोलन गर्ने चेतवनी दिए ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १३:५२