१० जेष्ठ २०८१, बिहीबार | Fri May 24 2024

वादी समुदायलाई निःशुल्क सोलार


२२ पुस, अर्घाखाँची । सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका–२ का १३ वादी परिवारलाई सोलार वितरण गरिएको हो ।

झण्डै ३५ वर्षसम्म वादी समुदाय भद्रिखोलामा त्रिपालमुनि बस्दै आएको थियो । हाल उनीहरुका लागि नयाँ घर निर्माण गरिएको हो । स्थानीय मधु वादीका अनुसार चुत्राबँेसीका वादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएको हो । सोही समुदायलाई हालै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सोलार वितरण गर्नुभयो ।

नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा वादी समुदायलाई निःशुल्क जग्गा र घर निर्माण गरिएको हो । स्थानीय सरकारले खानेपानीको व्यवस्थापन गर्न तथा जीवनस्तर उकास्न काम गरिरहेको छ । वडाध्यक्ष मोतिजङग रायमाझीका अनुसार वादी समुदायको व्यवस्थित बसोबासका लागि नगरपालिकाले काम गरिरहेको छ । वादी समुदायले गिट्टी कुट्दै, बालुवा चाल्दै, ज्यालामजदूरी गरी जीवनयापन गर्दै आएको छ ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १३:३६