५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रदेश २ की सञ्चार राज्य मन्त्री कर्ण चढेकाे सवारी दुर्घटना, मन्त्रीसहित छ जना घाइते


२१ पुस, सप्तरी । प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबीकुमारी कर्ण बुधबार दुर्घटनामा घाइते भएकी छन् ।छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारीमा एक महिना अगाडि हत्या गरिएको वृद्धको परिवारसँग भेटघाट गरी सोही गाउँपालिका-१ बरही वीरपुरमा एक हप्ता अघि हत्या गरिएकी महिलाको परिवारसँग भेटघाटका लागि जाने क्रममा छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार गाडीमा सवार राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० बर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ बर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० बर्षीय ध्रुब मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएका छन् । मन्त्री कर्णसहित घाइतेकाे राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार १८:५५