५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

खोटाङमा थपिएका ५ हजार ८४६ नयाँ मतदाता


२१ पुस, खोटाङ । खोटाङमा ५ हजार ८४६ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातामध्ये महिलाको संख्या ८० ले बढी छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै गत १७ मंसिरदेखि २६ मंसिर र २९ मंसिरदेखि ९ पुससम्म सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली संकलन अभियानका क्रममा २ हजार ९६३ महिला र २ हजार ८८३ पुरुष मतदाताको नाम दर्ता भएको हो ।

पहिलो चरणमा १ हजार ३०९ पुरुष र १ हजार ४३ जना महिला गरी २ हजार ३५२ नयाँ मतदाता नामावली दर्ता भएको निमित्त जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए । दोश्रो चरणमा महिला १ हजार ९२० जना र पुरुष १ हजार ५७४ गरी ३ हजार ४९४ नयाँ मतदाता थपिएका छन् ।

यस अवधिमा अन्य जिल्लाका ७ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् । पहिलो चरणमा ४ जना र दोश्रो चरणमा ३ जनाले मतदाता नामावली दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार १८:२३