२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

प्रतिनिधि सभा बैठक ५ दिनका लागि स्थगित

१८ पुस, काठमाडाैँ । प्रतिनिधि सभाको बैठक ५ दिनका लागि स्थगित भएको छ । आइतवार १ बजेका लागि बोलाइएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै २२ गते बिहीवार १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

बैठक स्थगित भएको जानकारी संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचनामार्फत दिएका छन् ।​ संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रको महाधिवेशन जारी रहेकाले सभामुखले बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : January 2, 2022 at 11:25 am