२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

पौषे औंशीको अवसरमा आज बेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो (फोटोफिचर)

१८ पुस, नुवाकोट । पौषे औशीको अवशरमा आज रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा तर्पण अर्थात श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर आज बिहानैदेखि श्राद्ध गरिरहेका छन्।

रसुवा र नुवाकोटमा बसोबास गर्ने हिन्दु र बौद्ध धर्मालम्बीहरुले उत्तरगयाधाम वेत्रावतीमा पुगेर श्राद्ध गरिरहेका उत्तरगया क्षेत्र विकास समितिले जनाएको छ। समितिका अनुसार पौषे औंशीमा मुलुकको विभिन्न स्थानबाट श्रद्धालुहरु दिवंगत पितृको नाममा पिण्ड तर्पण गर्न पवित्र तीर्थस्थल उत्तरगयाधाममा पुगेका छन्।

@dainiki.com

उत्तरगया क्षेत्रमा लागेको मेला #बेत्रावती #नुवाकोट #dainiki

♬ original sound – dainiki.com – dainiki.com

उत्तरगया धाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको पण्डित, पुजारी र श्रद्धालुको विश्वास छ। हिन्दु धर्मालम्बीहरुको पुराण अनुसार कालकूट विष पिई त्यसको राप शान्त पार्न भौतारिएर हिँडेका महादेवले त्रिशुल प्रहार गर्दा उत्पन्न भएको त्रिशुली नदी र महादेवले बेतको लौरी खोप्दा उत्पत्ति भएको बेत्रगंगास्थित फलाँखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भूमिको रूपमा उत्तरगया परिचित रहेको छ।

परापूर्वकालदेखि नै नेपालसहित भारतबाट समेत भक्तजनहरु वेत्रावतीमा श्राद्ध गर्ने आउने गरेको स्थानीय पण्डितहरुले बताएका छन्। चार धाम मध्ये नेपालमा रहेको मुख्य धाम उत्तरगया धाममा अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष श्राद्ध गर्नेहरू बढेको समितिले जनाएको छ । अघिल्लो वर्षमा कोरोनाका कारण मानिसहरू जान पाएका थिएननन् । उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ्ग, देवीघाट, र रसुवाको मैलुङसम्म फैलिएको छ। तस्बीरहरूः उतरगया बचाउ अभियानका अभियन्ता समेत रहेका पत्रकार लक्ष्मण डंगोल

प्रकाशित मिति : January 2, 2022 at 11:28 am