२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

प्रेस चौतारीले गर्यो स्वर्गीय पत्रकार नानीराम नेपाल आस्रित परिवारलाई ११ लाख सहयोग


१८ पुस, काठमाडाैँ । कलिलो उमेरमा मृत्यु भएका प्रेस चौतारी नेपालका सहसंयोजक तथा नेपाल पत्रकार महासंघका सहसचिव नानीराम नेपालको आस्रित परिवारलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाल र प्रेस चौतारी नेपालका बरिष्ठउपाध्यक्ष माधव नेपालले सो रकम नानीरामको परिवारलाई हस्तारण गरेका हुन् ।

प्रेस चौतारी सिन्धुपाल्चोकको संयोजनमा संकलित रकम स्वर्गीय पत्रकारको बालबच्चालाई पठनपाठनका लागि सहयोग गरिएको हो । दुई सय जना ब्यक्ति तथा संस्थाले सहयोग गरेको रकम एकमुष्टरुपमा शनिवार पत्रकार नेपालकै गाउँमा आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा चौतारीका बरिष्ठउपाध्यक्ष माधव नेपालले संगठनले एक असल योद्धा गुमाएकोमा दुःख ब्यक्त गरेका थिए । उनको आस्रित परिवारका लागि चौतारी सिन्धुपाल्चोकले गरेको यो अभियानको नेपालले प्रशंसा पनि गरेका थिए ।

स्वर्गीय पत्रकार नानीराम नेपालको परिवारलाई सहयोग गर्ने मध्येमा ब्यक्तिगत रुपमा राप्रपा जिल्ला अध्यक्ष नीलध्वज थापाले ५० हजार र संस्थागतरुपमा नेकपा एमाले बलेफी गाउँ कमिटीले एकलाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार ०८:०९