२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सडक दुर्घटनामा एक युवाको मृत्यु


१७ पुस, महोत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने गौशालाचोक नजिकै करिब ३० वर्षीय युवा मृत फेला परेका छन् । अक्षर सङ्केत उडेको ८३४२ नम्बर देखिने मोटरसाइकल शव नजिकै लडेको भेटिँदा सो सडक दुर्घटना घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवास (महोत्तरी)ले जनाएको छ । मृत व्यक्ति जिल्लाकै गौशाला नगरपालिका–१ चिनीमिल चोकका कृष्णप्रसाद दाहाल रहेका पहिचान भएको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिनुभयो ।

आज साँझ ५ बजेतिर घटना भएको अनुमान प्रहरीले गरेको छ । राजमार्गमा युवालाई लडेको देखेपछि नजिकको सशस्त्र प्रहरी बिटका सशस्त्र प्रहरीले घाइतेलाई शुभस्वस्तिक अस्पताल बर्दिवास पु¥याएका थिए । अस्पतालका चिकित्सकले घाइतेको मृत्यु भइसकेको पुष्टि गरेपछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने तयारी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । मृतकका परिवारजन सम्पर्कमा आइसकेका र अब घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार १८:४१