२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

राप्रपाद्वारा ४ नेतालाई साधारण सदस्य समेत नरहने गरि निष्काशन

१६ पुस, काठमाडाैँ । राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिसमा अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

प्रकाशित मिति : December 31, 2021 at 5:15 pm