प्रचण्डको प्रस्तावविरुद्ध हरिबोल गजुरेलको १९ बुँदे लिखित सुझाव
काठमाडौं, १६ पुस नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् ।
महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । दुवै प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएर समूहका नेताले आ–आफ्नो सुझाव र निष्कर्ष प्रस्तुत गरिसकेका छन् । सोही क्रममा नेता गजुरेलले आफ्नो व्यक्तितर्फबाट १९ बुँदे लिखित सुझाव पेस गरेका हुन् ।

आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिने कार्यक्रम छ । गत सोमबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
प्रकाशित मिति : December 31, 2021 at 1:32 pm




