२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

काठमाडाैँकाे चन्द्रागिरिमा युवकको शव भेटियाे

१५ पुस, काठमाडौँ । चन्द्रागिरिमा युवकको शव भेटिएकाे छ । चन्द्रागिरि-४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

बिहीबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाखा, थानकोट वृत्तको टोली घटनास्थल गएको छ। फरेन्सिक चिकित्सकसहितको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले बताए।

प्रकाशित मिति : December 30, 2021 at 1:55 pm