२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

सत्र दिनदेखि बेपत्ता बालक मृत फेला

१४ पुस, पर्वत । विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् । पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए ।

फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन नसकेको हो । “बोल्न सकेको भए खोजीमा जाने व्यक्तिले पत्ता लगाउन सहज हुन्थ्यो”, बुढाथोकीले भन्नुभयो, “बोल्न नसकेपछि कतै झाडीमा अल्झिएर यत्तिकै बेपत्ता भएपछि जङ्गली जनावरले फेला पारेको हुनुपर्छ ।” जङ्गली जनावरले शरीरका विभिन्न अङ्ग खाएको अवस्थामा शव फेला पारेको उहाँले बताउनुभयो । बालक रात्माटा र दराकको बीचमा पर्ने खोपी भन्ने स्थानमा मृत भेटिएका हुन् । उनको मृत्युको यथार्थ विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 29, 2021 at 6:55 pm