खादा, मालाको तामझाम नगर्नू : अध्यक्ष लिङ्देन
११ मंसिर, काठामडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कार्यक्रमहरूमा माला, खादालगायतका तामझाम नगर्न ७७ जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् ।
पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरू जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार तथा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई अध्यक्षको निर्देशानुसार सर्कुलर गरिएको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : December 26, 2021 at 6:41 pm





