१२ मंसिर २०८३, शुक्रबार | Sat Nov 28 2026

मृत भेटिएका एसएसपी यादवका परिवारलाई भेट्न पुगे गृहमन्त्री खाण

https://www.muktinathbank.com.np/online/loan-application

९ पुस, काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवका परिवारसँग भेट गरेका छन् । शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन् ।

एसएसपी यादव संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका थिए ।गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : December 24, 2021 at 9:54 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/