२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

९ पुस, वाग्मती । मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरक–फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा वस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका–६ वस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रुखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकरी दिनुभयो ।उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटाँैडा अस्पतालमा पठाइएको छ ।

मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा आज अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको छ । स्थानीयवासिन्दाले उक्त शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा पठाएको जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन् ।

प्रकाशित मिति : December 24, 2021 at 6:07 pm