२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

शुल्क वृद्धि खारेजीको माग गर्दै सुप विश्वविद्यालयलाई ९ बुँदे ज्ञापनपत्र

८ पुस, बैतडी । शुदूरपश्चिम विश्वविद्यालयको शुल्क वृद्धि खारेजी र नियमविपरीत कर्मचारी नियुक्ति गरेको भन्दै अनेरास्ववियु बैतडीले ध्यानाकर्षण गराएको छ । पाटन बहुमुखी क्याम्पसमार्फत शुदूरपश्चिम विश्व विद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउदै नियम विपरीत र विद्यार्थीलाई मार्का पर्ने क्रियाकलापहरु रोक्न माग गरिएको छ ।

प्रवेश परीक्षा, अन्तिम परीक्षा, रजिस्टेसन शुल्क वृद्धि फिर्ता हुनुपर्ने, नियम विपरीत भर्ना गरिएका प्राध्यापक कर्मचारीलाई हटाई विज्ञापनमार्फत भर्ना गर्नुपर्ने, केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसहरुमा ३० प्रतिशत छात्रवृति अनिवार्य गरिनुपर्ने, नियमविपरीत गरिएका नियुक्ति फिर्तालगायतका मागहरु अघि सारिएको छ ।

त्यसैगरी सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा खोलिएका नयाँ विषय तथा कार्यक्रममा दक्ष प्राध्यापकको व्यवस्था हुनुपर्ने लगायतका ९ बुँदे ज्ञापनपत्र बुझाएको अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य खेमराज अवस्थीले बताए । नियमविपरीत गरिएका निर्णयहरु यथाशिघ्र खारेज नभए कडा अन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी छ ।

प्रकाशित मिति : December 23, 2021 at 1:59 pm