१२ मंसिर २०८३, शुक्रबार | Sat Nov 28 2026

नालीमा लडेर वृद्धको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

८ पुस, भक्तपुर । नालीमा लडेर भक्तपुरमा एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-४ मा आफ्नै घर अगाडिकाे नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार श्रेष्ठलाई घाइते अवस्थाका उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो । उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ गई अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 23, 2021 at 1:29 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/