२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

परमादेशमा संलग्न सर्वोच्चकी न्यायाधीश मीरा खड्काको तीन वटा नागरिकता


६ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई संविधान र विधिभन्दा बाहिर गएर अपदस्थ गर्न परामादेश दिने सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको तीन वटा नागरिकता भेटिएको छ ।

न्यायाधीश खड्काले तीन ठाउँमा आफ्नो तीन वटा जन्ममितिको विवरण पेश गरेको पाइएको छ । सर्वोच्च अदालतको अवाकाश लम्ब्याउने नियतले पछिल्लो पटक नागरिकताको मिति संशोधन गरिएको पाइएको छ ।

खड्काले पुनरावेदन अदालतको न्यायाधीश हुँदा एउटा, पुनरावेदनकै मुख्य न्यायाधीश हुँदा अर्को र सर्वोच्च अदालतको न्यायाधीश भएपछि अर्को गरी तीन वटा जन्ममिति प्रयोग गरेको पाइएको हो । खड्कले सर्वोच्चमा टिक्नका लागि कायम गरेको नागरिकताले उनले यसमा कीर्ते गरेको पुष्टि हुन्छ । यसलाई नेपाल प्रेसले बाहिर ल्याएको छ ।

खड्काको सर्वोच्च अदालतमा भएको जन्ममिति २०१४ साल जेठ २ गते रहेको छ । पुनरावेदन अदालतमा हुँदा खड्काको जन्ममिति २०१३ माघ २८ रहेको थियो । खड्काले पहिलोपटक २०३२ साल माघ २८ गते नागरिकता प्रमाणपत्र लिएको अभिलेख भेटिएको छ । न्यायाधीश खड्काले २०४४ सालमा दोस्रो पटक नागरिकता लिएको देखिन्छ ।

खड्का तीनै न्यायाधीश हुन जसले सर्वोच्च अदालतमा हड्ताल गरेर न्यायासेवा प्रभावित पारिन । अदालतलाइ प्रदुष बनाउन र नागरिकको नजरमा अदालतको छवी धवस्त तुल्याउन प्रधानमन्त्री नियुक्त गरेर सपथ गराउन आदेश दिने खड्कासहितका पाँच जना न्यायाधीशकै उस्तै भूमिका रहेको छ ।

यसअघि सर्वोच्चकै प्रधानन्यायाधीश गोपाल पराजुलीको पनि नागरिकता कीर्ते गरेको पाइएको थियो । उनको पनि तीन वटा जन्ममिति पाइएको थियो । यसरी तीन तीन वटा जन्ममिति र नागरिकता बोकेर हिड्ने सामान्य नागरिक भएको भए अहिले जेलमा पुगिसकेका हुन्थे तर खड्का अझै अरूलाइ जेल पठाउने आदेश दिने काममा संलग्न भैरहेकी छिन ।

यससम्बन्धी विस्तृत समाचार नेपाल प्रेसमा पढ्नसक्नुहुन्छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार ११:०५

https://srdb.com.np/