२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

यसरी मनाइँदै छ यमरी पुन्ही

४ मंसिर, काठमाडौं । आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति सुमुदायलाई मात्र बिदा दिएको छ ।

काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ ।

यसदिन योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

प्रकाशित मिति : December 19, 2021 at 1:51 pm