१२ मंसिर २०८३, शुक्रबार | Sat Nov 28 2026

महोत्तरी प्याब्सनको अध्यक्षमा राधेश्याम सापकोटा

https://www.muktinathbank.com.np/online/loan-application

४ पुस, महोत्तरी । निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन प्याब्सन महोत्तरीको आठाै‌ अधिवेशनबाट राधेश्याम सापकोटा अध्यक्षमा चयन भएका छन ।

शनिवार सम्पन्न अधिवेशनमा सर्वसम्मतिबाट राधेश्याम सापकोटासहित वरिष्ठ उपाध्यक्षमा सन्जिव ठाकुर र उपाध्यक्षमा नन्द विश्वकर्मा चयन गरेको हो ।

अधिवेशनले कोषाध्यक्षमा बिनिता झा, सह-कोषाध्यक्षमा राम स्नेही सिंह निर्वाचित गरेकाे छ । त्यस्तै दुई सचिवमा जीवन चौधरी र फेकन राउत तथा सदस्यहरुमा अरुण कार्की, बिजय साह, मिथिला बिहारी शर्मा निर्वाचित भएका छन् ।

महोत्तरी प्याब्सनअन्तर्गतका जिल्लाका ६२ विद्यालयमा १३ सय शिक्षक तथा शिक्षिकाले अध्यापन गराउदै आएका छन् ।

प्रकाशित मिति : December 19, 2021 at 10:01 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/