रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा
१ पुस, काठमाडौँ । महामन्त्रीमा हारेपछि रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । बिहिबार रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् ।

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामाकाे घोषणा गरेका थिए । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।
प्रकाशित मिति : December 16, 2021 at 4:04 pm





