२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

महामन्त्रीमा हार्ने निश्चित भएपछि डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिए राजिनामा

१ पुस, काठमडौँ । नेपाली कांग्रेसका महामन्त्री डा मिनेन्द्र रिजालले महामन्त्रीमा हार्ने निश्चित भएसँगै रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गरेका छन । उनले सामाजिक सञ्जालबाट आफ्नो राजिनामा घोषणा गरेका हुन ।

रिजालले भनेका छन, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

प्रकाशित मिति : December 16, 2021 at 1:20 pm