२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त

१ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो ।

भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

प्रकाशित मिति : December 16, 2021 at 11:33 am