२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

नम्रता श्रेष्ठ मिस वर्ल्डको अन्तिम १० मा

२८ मंसिर, काठमाडाैँ । नम्रता श्रेष्ठ मिस वर्ल्डकाे सेमिफाइनल (अन्तिम १०) मा पुगेकी छिन्। अमेरिकामा जारी मिस वर्ल्डको शीर्ष १० मा पुगेपछि नम्रताले ब्युटी विथ अ पर्पोज राउण्डमा आफ्नो प्रस्तुती दिनेछिन्। यसअघि नेपालबाट मिस वर्ल्डमा सहभागी प्रतिस्पर्धीले यो विधा जित्दै आएका छन्।

हेड टु हेड विधामा इन्डोनेसियाकी प्रतिस्पर्धीलाई पछि पार्दै नम्रता सेमिफाइनलमा पुगेकी हुन्। हेड टु हेड च्यालेन्जमा यो वर्ष सहभागी प्रतिस्पर्धाीहरुलाई २ मिनेटमा आफ्नो ब्युटी विथ अ पर्पोज प्रोजेक्टको बारेमा बोल्न दिइएको थियो।

ब्युटी विथ अ पर्पोज प्रोजेक्टमा मिस नेपाल नम्रताले धादिङको विकट समुदाय छिरिङगेको प्रोफाईल देखाउनेछिन्। जसमा त्यहाँको समुदायको भाषा, संस्कृति, रहनसहन, परम्पराको बारेमा जानकारी गराउनेछिन्। मिस वर्ल्डको फाइनल १६ डिसेम्बरमा अमेरिकाको पिएर्टो रिकोमा हुनेछ।

प्रकाशित मिति : December 14, 2021 at 6:58 pm