१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ग्राण्डी अस्पतालमा उपचार गर्ने मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालार्इ साँढे ७ प्रतिशत छुट

१४ साउन, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले अाफ्ना ग्राहकका लागि र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडसँग सेवा आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ । मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सोमबार भएको सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीले सम्झाैतामा हस्ताक्षर गरेका छन । सम्झौता पत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई विभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख गरिएको छ।

सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले १५ सय रुपैयाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, पिसाब जाँच, एसजीओटी, एकजीपीटी, छातिको एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् ।

यस्तै मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहकवर्ग र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको मेगा बैंक नेपालले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार २३:०९