काेरोनाविरूद्धको खोपका लागि घुस माग्ने दुई स्वास्थ्यकर्मी पक्राउ
२८ मंसिर, काठमाडाैँ । काेरोनाविरूद्धको खोपका लागि घुस माग्ने दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सोमबार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णकुमार यादव २० हजार घुससहित पक्राउ परेका हुन । अजयकुमारले कृष्णकुमार प्रयोग गरेर घुस मागेको अख्तियारले जनाएको छ ।

सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेका कारण उनीहरू पक्राउ परेका हुन । निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्कबाट घूससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले विज्ञप्ति मार्फत जानकारी दिए।
प्रकाशित मिति : December 14, 2021 at 7:36 am





