जितबहादुरको ज्यादतीः नुवाकोटको ककनीमा बालुवामाथि सिमेन्ट पोतेर ढलान
२७ मंसिर, काठमाडौँ । नेकपा एकीकृत समाजवादी नुवाकोटका उपाध्यक्ष जितबहादुर बलामीले सडक निर्माणमा व्यापक अनियमितता गरेरका छन । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १ को हाकिमचोकदेखि वडा कार्यालय जाने बाटोको ४३ मिटर ढलान गर्दा बलामीले बालुवा र गेगरमाथि सिमेन्ट पोतेको स्थानीय विवेक फूयाँलले जानकारी दिए ।
उनले ढलान भनेर बालुवामाथि सिमेन्ट पोतेपछि स्थानीयले सडक भत्काइदिएका छन । बालामीले ढलान गरेको भोलिपल्टै पाइताला नै भासिन थालेपछि स्थानीयले डकमा जम्मा भएर आफ्नै शैलीमा गुणस्तर परीक्षण गर्न खोज्दा बालुवा र खोलाको गेगरमाथि सिमेन्ट पोतेको पाइएको हो ।

छेउ र भित्तामा एक एक लाइनमात्र रड राखेर उनले सिमेन्टले पोतेर ४३ मिटर ढलान गरेको भन्दै १० लाख रूपैयाँ भुक्तानी लिइसकेका छन । बालामी तीनै व्यक्ति हुन जसले फोहोरमैला व्यवस्थापनको नाममा स्थानीयको तर्फबाट प्रतिनिधि भएर कमिसना खाने तर जनतासँग भएको सम्झौता कार्यान्वयन गर्न नदिने काम गर्दै आएका थिए ।
प्रकाशित मिति : December 13, 2021 at 3:41 pm





