कांग्रेस महाधिवेशनमा पत्रकारलाई समाचार संकलन गर्न प्रतिबन्ध, सडकमा क्यामराको धर्ना
२७ मंसिर, काठमाडाैँ । नेपाली काँग्रेसको चाैँधाैँ महाधिवेशनमा निर्वाचन समितिले पत्रकारलाई बाहिर निकालेर समाचार संकलनमा अबरोध सिर्जना गरेको छ । पत्रकारमाथि दूर्व्यवहार गर्दै समाचार संकलनमा रोक लगाएपछि अहिले उनीहरू क्यामेरा डाउन गरेर सडकमा बसेका छन । निर्वाचनस्थल राष्ट्रिय सभागृहमा काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई निर्वाचन समितिले बाहिर निकालेपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध गर्दै भुइँमा बसेका छन ।

प्रकाशित मिति : December 13, 2021 at 12:17 pm




