२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफू विजयी भए पार्टीलाई गतिशील बनाउने र निर्वाचनमा केन्द्रित हुने बताएका छन् ।

मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले विजयपछि कांग्रेस आगामी तीनवटा निर्वाचनमा केन्द्रित हुने बताए।

‘नेपाली कांग्रेसलाई भागबण्डारहित बनाएर एक ढिक्का भएर सबैलाई समेट्ने कांग्रेस बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं,’ उनले भने, ‘तपाईंहरुलाई लाग्दोहोला, हामीसँग अनुभव नभएका साथी हुनुहुन्छ। हामीसँग अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला लगायतका साथीहरु हाम्रै टिमबाट केन्द्रीय समितिमा उम्मेदवार हुनुहुन्छ।’

प्रकाशित मिति : December 12, 2021 at 6:50 pm