२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

२४ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापपति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका हुन् ।

सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको अहिले १४औँ महाधिवेशन उद्घाटन सत्रको कार्यक्रम भइरहेको छ ।

प्रकाशित मिति : December 10, 2021 at 3:14 pm