२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

खोटाङका दुई नेता राप्रपा केन्द्रीय सदस्य निर्वाचित

१९ मंसिर, खोटाङ । खोटाङका दुई नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य जितेका छन् । पूर्वसभासद अर्जुन राई र विजयकला राई (जानुका)ले राप्रपाको केन्द्रीय सदस्य जितेका हुन् ।

अर्जुन खुला र विजयकला महिलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । अजुर्न यसअघि राप्रपाको ५५ सदस्यीय निर्देशक समिति सदस्य थिए । आइतबार बिहान घोषित अन्तिम मत परिणाम अनुसार राप्रपाको केन्द्रीय अध्यक्षमा कमल थापालाई पछि पार्दै राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

प्रकाशित मिति : December 5, 2021 at 11:24 am