४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

समृद्धि फाइनान्सद्धारा जनचेतनामूलक कार्यक्रम आयोजना


१७ मंसिर, काठमाडाैँ । समृद्धि फाइनान्स लगायतका विभिन्न संघ संस्थाहरुको सहभागीतामा राष्ट्रिय अपाङ्गग महासंग नेपाल, गण्डकी प्रदेश तथा शिक्षा संस्कृति, विज्ञान प्रविधितथा सामाजिक विकास मन्त्रालय, पोखराको संयुक्त आयोजनामा र्याली तथा अन्य कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अपाङ्गता सम्बन्धी जनचेतना जगाउनका लागि पर्चा तथा पम्प्लेट वितरण गरिएको थियो । साथै उक्त अवसरमा विभिन्न खेलकुद प्रतियोगीताहरु पनि आयोजना गरिएको थियो । हाल पाँचवटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि संचालनमा ल्याउँदैछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १८:०५