६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

रेखालाई कुन्तीको व्यंग्यः ‘राजनीति नै थाहा छैन, विचरा !’


१७ मंसिर, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवारी दिएकी कुन्ती शाहीले प्रतिस्पर्धी रेखा थापालाई व्यंग्य प्रहार गरेकी छन् ।

कमल थापाको प्यानलबाट शुक्रबार उम्मेदवारी दर्ता गरेकी शाहीले राजनीति भनेको फिल्म खेलेजस्तो नहुने र रेखालाई राजनीतिक नै थाहा नभएको भन्दै व्यंग्य प्रहार गरेकी छन् ।

उनले भनिन्, ‘म रेखा थापालाई चुनौती दिन चाहन्छु, हामीले राजा र हिन्दूका कुरा गर्दा, महिला अधिकारको कुरा गर्दा तपाईँ कहाँ हुनुहुन्थ्यो ? उहाँलाई राजनीति नै थाहा छैन, विचरा !’

अभिनेत्री एवं निर्माता समेत रहेकी रेखाले अध्यक्ष पदमा उम्मेदवारी दिएका रोजन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा शाहीसँग भिड्दै छिन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १५:३४