४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

फेरि लकडाउनको संकेत, ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने सरकारको निर्णय


१६ मंसिर, काठमाडाैँ । देशमा फेरि लकडाउन हुने संकेत देखिएको छ । सरकारले कोरोनाको जोखिम बढेको भन्दै ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम रहेको भन्दै ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको र अाजै रातिबाट निर्णय लागू हुने पर्यटन मन्त्रालय स्रोतले जानकारी दियो । आज बिहीबार राति १२ बजेबाट लागु हुने सरकारको निर्णयले हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन तत्कालका लागि प्रतिबन्ध लागेको छ ।

स्रोतका अनुसार तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेकालाई पनि मंसिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको छ । कोरोनाको जोखिम बढ्दै गए सरकारले विगतमा जस्तै लकडाउन गर्ने उक्त स्रोतले बतायो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार २२:०९