४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भीम रावललाई सूर्य थापाको प्रश्नः अब वडा कमिटीको सदस्य नै बन्न जाने हाे त ?


१६ मंसिर, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उप्रप्रमुख सूर्य थापाले केन्द्रीय कमिटीको सदस्यको सपथ नखाएपछि अध्यक्षमा पराजित डा भीमबहादुर रावलमाथि कटाक्ष गरेका छन । थापाले रावलमाथि केन्द्रीय कमिटीको सपथ नलिए पछि अब वडा कमिटीको सदस्य नै बन्न जाने हाे त ? भनेर प्रश्न समेत गरेका छन ।

थापाले विगतमा पनि रावलले मन्त्री नपाउँदासम्म केन्द्रीय सदस्यको सपथ नलिएको भन्दै अघि उल्लेख गरेका छन, ‘२०६५ सालमा बुटवलमा रावलजीले उपाध्यक्षमा चुनाव हार्नुभयाे र केन्द्रीय सदस्यमा जित्नुभयाे। तर केन्द्रीय सदस्यकाे सपथ तबसम्म लिनुभएन, जबसम्म उहाँ मन्त्री बन्ने निश्चित भएन। २०६६ मा गृहमन्त्रीको सपथ लिने सुनिश्चित भएपछि तत्कालीन अध्यक्ष झलनाथ खनालले अघिल्लो दिनमात्रै हतारहतार उहाँलाई केन्द्रीय सदस्यकाे सपथ गराउनुभएको झल्झली संझना भइरहेछ। म पनि त्याे समारोहमा उपस्थित थिएँ।’

यस्तो छ थापाको टिप्पणी

१) २०६५ सालमा बुटवलमा रावलजीले उपाध्यक्षमा चुनाव हार्नुभयाे र केन्द्रीय सदस्यमा जित्नुभयाे। तर केन्द्रीय सदस्यकाे सपथ तबसम्म लिनुभएन, जबसम्म उहाँ मन्त्री बन्ने निश्चित भएन। २०६६ मा गृहमन्त्रीको सपथ लिने सुनिश्चित भएपछि तत्कालीन अध्यक्ष झलनाथ खनालले अघिल्लो दिनमात्रै हतारहतार उहाँलाई केन्द्रीय सदस्यकाे सपथ गराउनुभएको झल्झली संझना भइरहेछ। म पनि त्याे समारोहमा उपस्थित थिएँ।

२) बुढापाकाले बा-ह बर्षमा खाेलाे फर्किन्छ भन्थे, हाे रहेछ ! मंसिर १४ गते बेलुका दशाैं महाधिवेशनबाट निर्वाचित नेतृत्वले सपथग्रहण गरिरहँदा रावलजी आसनग्रहणमा मग्न थिए। जबकि उनलाई महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा निर्वाचित नै गरेका थिए र महाधिवेशनकाे सर्वाेच्चतालाई स्वीकारेर उनले सपथ लिनुपर्दथ्याे। उनले सपथ लिएनन्। हामी देख्नेलाई लाज भाे! संयाेगले यसपटक पनि उहाँकाे आसनग्रहणलाई मैले पछाडि उभिएर सपथ लिंदै हेरिरहें !

३) बन्दसत्रकाे सर्वसम्मतिले अध्यक्षमण्डलका अध्यक्षलाई सहमतिकाे नेतृत्व प्रस्ताव गर्ने जिम्मेवारी दिएअनुरूप नै ३०१ जनाकै नामावली त प्रस्ताव गरिएको नै थियाे। केवल अध्यक्षकाे उम्मेदवार भएर २२३ भाेट पाएकाे देखाउन पार्टीको ३ कराेड खर्च गराउने र महाधिवेशन दुई दिन लम्ब्याएर प्रतिनिधिहरूलाई अनाहकमा दु:ख दिने साहसी व्यक्तित्व न पर्नुभयाे, रावलजी !

तर पहिले गृहमन्त्री बन्न सपथ लिएको आफ्नै बहुचर्चित नजीरविपरित अहिले के जात्रा गरेकाे हाेला यस्ताे ? पदाधिकारी हारेपनि केन्द्रीय कमिटीमा रहनसक्ने पार्टीको प्रबन्धलाई अस्वीकार गर्नु भनेकाे हदैसम्मकाे अराजकता हाे। मान्छेकाे बुद्धि र विवेककाे ठाउँ पूर्वाग्रह, प्रतिशाेध र स्वार्थले भरिभराउ भएपछि यस्तै त हुँदाेरहेछ !

उपाध्यक्ष प्रस्ताव गर्दा अस्वीकार, केन्द्रीय सदस्यकाे सपथग्रहण गर्नुकाे साटाे आसनग्रहण र अध्यक्षमा पराजय भएपछि रावलजी अब पाँच बर्ष अछाम जिल्ला भागेश्वर कालाआम वडा कमिटीको सदस्य नै बन्न जाने हाे त ?

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार २१:१३