५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

एमालेको आम्दानी र भुक्तानी दुबै चेक मार्फत गर्न अध्यक्ष ओलीको निर्देशन


१४ मंसिर, चितवन । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आम्दानी र भुक्तानी दुबै चेक मार्फत गर्न निर्देशन दिएका छन । दशौँ राष्ट्रिय महाधिवेशन मार्फत नेतृत्व चयनपछि भएको सपथग्रहण प्रश्चात सम्बोधन गर्दै अध्यक्ष ओलीले लेखा प्राणाली चुस्त बनाउन निर्देशन दिए । उनले हरेक कमिटीको हिसाब किताब पारदर्शी हुनुपर्नेमा जोड दिए । उनको सम्बोधन अहिले पनि जारी छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार २०:०४