४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रलोभन देखाएर जबर्जस्ती क्रिश्चियन बनाउन खोज्ने पास्टर केशवराज आचार्यलाई २ वर्ष जेल सजाय


१४ मंसिर, डोल्पा । प्रलोभवन देखाएर जबर्जस्ती क्रिश्चियन बनाउन खोज्ने पास्टर केशवराज आचार्य जेल चलान भएका छन । उनललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको जिल्ला अदालत डोल्पाले जनाएको छ ।  जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै उक्त कैद र सँजाए सुनाएका हुन ।

गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर हुन् ।  उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ ।

यो पनि पढ्नुहोस्

-परिवार भाँड्न र गरिबको सम्पत्ति लुट्न क्रिस्चियनको डरलाग्दो खेल, सरकार निरीह (भिडियोसहित)

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार २०:५०