२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

स्वदेशी जुत्ता, चप्पलमा ग्राहकको आकर्षण

१४ मङसिर, काठमाण्डाैँ । १९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुको प्रर्दशनीमा स्वदेशी उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको आयोजकले बताएको छ । सोमबारसम्म मात्रै सञ्चालन गर्ने भनिएको प्रर्दशनी ग्राहकहरुको भिड बढ्दै गएकाले मंसिर १९ गतेसम्म सञ्चालनमा रहने बताइएको छ ।

शिखर जुत्ता कम्पनीका स्टल प्रमुख राजु उप्रेतीले स्वदेशी उत्पादनका जुत्ता चप्पलमा प्रर्दशनीमा आउने ग्राहकको आकर्षण देखिएको बताए । उन्ले ग्राहकको स्वदेशी उत्पादनका जुत्ता चप्पलमा देखिएको आकर्षणले हरेक बस्तुको स्वदेशी उत्पादनमा जोड दिनुपर्ने देखिएको बताए । उप्रतीले भने, ‘स्वदेशी उत्पादनलाई ग्राहकले मन पराएर नेपालमा पनि विदेशी उत्पादनसँग तुलना गर्न मिल्ने उत्पादन रहेको बताउने गरेका छन्। स्वदेशी उत्पादनका गुणस्तरिय जुत्ता चप्पल सहुलियत मूल्यमा छानीछानी किन्न पाएका छन। यो प्रर्दशनीले थला परेको अर्थतन्त्र चलायमान बनाउन केही राहत मिल्ने छ।’


उप्रेतीले प्रर्दशनी मेलामा स्टल राखिएका कम्पनीले स्टक सक्ने किसिमले पुराना जुत्ता चप्पल नराखिएको बताए ।उहाँले भर्खरै उत्पादन भएका ताजा जुत्ता चप्पलनै स्टलमा राखिएको बताए ।

प्रर्दशनीमा आउने ग्राहकहरुले पनि स्वदेशी उत्पादनलाई प्रोसाहन गर्नु पर्ने बताएका छन ।स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता चप्पल सहुलियत मूल्यमा पाइने भएकाले स्वदेशी कम्पनीको उत्थान गर्नु पर्ने ग्राहकहरुको भनाई छ ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको आयोजनामा कार्तिक २६ गतेदेखि सञ्चालन रहेको छ । मेलामा छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिएको छ । प्रदर्शनी भर करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : November 30, 2021 at 6:06 pm