२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

एमाले महाधिवेशनः नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू

१४ मंसिर, काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

 

 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

प्रकाशित मिति : November 30, 2021 at 1:11 pm