२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा भण्डारी विजयी

१३ मंसिर, सुनसरी । नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एक हजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एक हजार तीन सय नाै मत पाएका थिए ।

उपसभापतिमा पनि इतर पक्षकै नगेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका मनोजकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्गतर्फ महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहेता र देवेन्द्र पौडेल विजयी भएका छन् । भण्डारीले दुई कार्यकाल जिल्ला सचिव बनेर काम गरिसकेका छन् । सुनसरीकाे चार निर्वाचन क्षेत्र मध्ये तीनमा संस्थापन पक्षले हार ब्यहाेरेकाे छ । पार्टी उपसभापति विजयकुमार गच्छदारको चुनावी क्षेत्रमासमेत क्षेत्रीय सभापतिमा संस्थापन इतर समूह विजयी भएको छ ।

प्रकाशित मिति : November 29, 2021 at 1:54 pm