६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आगामी निर्वाचनमा एमालेले दुई तिहाइ मत पाउँछः रावल


१० मंसिर, चितवन । नेकपा एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले चितवन सबै हिसाबले आत्मनिर्भर बन्दै गएको बताएकी छिन् । एमाले १०औँ महाधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेले चितवनलाई महाधिवेशन स्थल बनाएकोमा खुसी व्यक्त गरिन ।

सो क्रममा उनले भनिन्, ‘चितवन विकास निर्माण, शिक्षा क्षेत्र, स्वास्थ्य उपाचार केन्द्रहरू निर्माणका हिसाबले निकै अगाडि रहेको छ । यस्तै, पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली शर्मा नेतृत्वको सरकारले चितवनलाई रामग्राम क्षेत्रका रुपमा पनि विकास गरेको बताइन ।

उनले आगामी निर्वाचनबाट नेकपा एमाले बहुमत होइन दुईतिहाई मत पाउने दाबी पनि गरिन छ । उनले भनिन्, ‘आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत होइन ।

दुई तिहाइ पाउनेछ ।’ महाधिवेशन आयोजक जिल्ला सभापतिका हिसाबले उनले महाधिवेशन स्थल व्यवस्थापनमा सकारात्मक रचनात्मक भूमिका खेल्ने सबैलाई हार्दिक पनि दिइन धन्यवाद ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १७:२६