बीएण्डसीका संचालक दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यमा !
१० मंसिर, चितवन । झापास्थित विएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईँ केही अघिमात्र एमाले प्रवेश गरेका हुन् । प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।
एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीको संगठीत सदस्यता लिएको १० वर्ष पुगेको, केन्द्रीय विभाग वाा प्रदेश कमिटीमा काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भइसकेको वा जनसंगठनको पदाधिकारी भइसकेको योग्यता चाहिने भनेको छ ।

तर प्रसाईंको भने यी कुनैपनि योग्यता पुग्दैन । प्रसाईँले भने आफु एकता प्रक्रियाबाट आएको र हजुरबा (उनको भाषामा केपी ओली)को आर्शिवादका कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।
प्रकाशित मिति : November 26, 2021 at 12:09 pm





