२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

सौराहा पुगेका भीम रावललाई योगेश भट्टराईले गरे स्वागत

 ८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा पुगेकोमा उनलाई सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका छन्।

रावल स्थलमार्गबाट महाधिवेशन स्थल पुगेका थिए। वर्तमान अध्यक्ष केपी शर्मा, नेताहरू सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट जहाजबाट उडेर चितवन पुग्दा रावल स्थल मार्ग हुँदै चितवन पुगेका हुन्।

प्रकाशित मिति : November 25, 2021 at 7:06 pm