२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

३०८ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु, २९८ संक्रमणमुक्त


९ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७१०४ जनाको पीसीआर परीक्षणमा गर्दा २८१ र १८०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जना गरी थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २९८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १६:३१