नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशवराज पाण्डेलाई मातृशोक
३ मंसिर, काठमाडौँ । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेलाई मातृशोक परेको छ । पाण्डेको माता मिनकुमारी पाण्डेको ८५ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौँको कपुरधारास्थित निजी निवासमा निधन भएको हो । स्वर्गीय पाण्डेका श्रीमान, तीन छोरा र छोरीहरू रहेका छन । नेकपा एमालेका नेताहरूले पाण्डेको माताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पाण्डे परिवारमा समवेदाना प्रकट गरेका छन ।

प्रकाशित मिति : November 19, 2021 at 6:00 pm





