२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको राष्ट्रिय भेला शुक्रबार, नयाँ नेतृत्व अनुमोदन हुने 

२ मंसिर, काठमाडौँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको राष्ट्रिय भेला शुक्रबार हुने भएको छ । भेलामा देशभरबाट उद्योग व्यवसयमा संलग्न रहेका नेकपा एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने र नयाँ नेतृत्वको अनुमोदन गर्ने अध्यक्ष एलपी सावाँ लिम्बुले जानकारी दिए ।

नेकपा एकालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको उपाध्यक्ष सीएन पाण्डेले जानकारी दिए । उनले भेलाको उद्घटान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए । उनका अनुसार भेलामा एमालेका प्रभावशाली नेताहरू सुरेन्द्र पण्डे, विष्णु पौडेल, लेखराज भट्टले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौँको लैनचौर बैंकेटमा बिहान १०ः३० बजेपछि सुरू हने भेलामा महासंघको केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, कर्पोरेट प्रदेशका सदस्यहरू, महासंघका जिल्ला शाखाका पदाधिकारी, सबै वस्तुगत संगठनका सदस्यहरू सहभागी हुनेछन । भेलाले संगठन विस्तार सुदृढिकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने उपाध्यक्ष पाण्डेले बताए ।

राष्ट्रिय भेलाले महासंघको नेतृत्वको मनुमोदन गर्ने र एमालेको महाधिवेशनमा सहभागिता र जनपरिचालन गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ । एमालेको १० औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनको सौराहामा हुँदैछ ।

प्रकाशित मिति : November 18, 2021 at 12:24 pm