२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

एमाले दशाैं राष्ट्रिय महाधिवेशन प्रचार सहयाेग समिती चितवन घाेषणा

१ मंसिर, काठमाडाैँ । नेकपा एमाले दशाैं राष्ट्रिय महाधिवेशन प्रचार सहयाेग समिती चितवनकाे घाेषणा गरिएको छ। बुधबार विजय सुवेदीकाे संयाेजकत्व तथा सहसंयाेजक केशव रेग्मी र सचिव तिलक रिमाल सहित ५१ सदस्यीय सहयोग समिति घाेषणा गरिएकाे हाे ।

उक्त समितिले केन्द्रीय प्रचार कमिटीसँग समन्वय गरी महाधिवेशनस्थल चितवन केन्द्रित भएर काम गर्ने छ। भरतपुरकाे तारापुञ्ज बैंक्वेटमा भएकाे भेलामा केन्द्रीय प्रचार कमिटीका सहसंयाेजक सूर्य थापाले प्रचार सहयाेग समितिकाे नामावली घाेषणा गरेका हुन् ।

भेलामा प्रमुख अतिथि केन्द्रीय प्रचार कमिटीका संयाेजक तथा पार्टी सचिव याेगेश भट्टराईले महाधिवेशनकेन्द्रित प्रचार कार्ययोजनाकाे बारेमा जानकारी गराउँदै भेलालाई निर्देशन दिए। उनले रचनात्मक ढंगले महाधिवेशनलाई भव्य र सफल पार्ने अभियानमा जुट्न सबैलाई अनुराेध गरे।

प्रकाशित मिति : November 17, 2021 at 2:19 pm