२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमसीसी गिजोलिएका बेला अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

१ मंसिर, काठमाडाैँ । नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको एकसाथ भ्रमण हुने भएको छ ।  अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं पुग्दैछन् ।

काठमाडौंस्थित नेपाली दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि बिहीबार काठमाडौं आउँदैछन् । सहायक विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेट गर्नेछन् । उनले सांस्कृतिक सम्पदा स्थलको अवलोकन गर्ने कार्यक्रम पनि छ ।

उपसहायकमन्त्रीले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण हुन लागेको हो। कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दुतावासले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार ०९:३६